काठमाडौं । कोरोना संक्रमणबाट हालसम्म ७२ प्रतिशतभन्दा बढी निको भएका छन् ।
कुल संक्रमित ५९ हजार ५ सय ७३ मध्ये ४२ हजार ९ सय ४९ निको भएका हुन् । यो भनेको ७२.०९ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।
२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ हजार २ सय ४३ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ जना रहेको छ । काठमाडौं उपत्यकामा भने बिहीबार ६ सय १८ संक्रमित थपिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
वि.सं.२०७७ असोज २ शुक्रवार ०७:५४ मा प्रकाशित