काठमाडौं । नेप्सेमा गत शुक्रबार सूचीकृत भएको लिबर्टी इनर्जीको शेयर कारोबार सुरु भएको छ ।
आज (असोज ४ गते आइतबार) नेप्सेको स्पेसल प्रि-ओपनिङ सेसनमा लिबर्टी इनर्जीको पहिलो कारोबार भएको छ । कम्पनीको सेयर प्रि(ओपनिङ सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा ३ हजार २६० कित्ता सेयर कारोबार भएको हो ।
कम्पनीको सेयर कारोबार खुलेको केही मिनेटमा नै १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ । पहिलो कारोबार दिनमै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
३३० रुपैयाँ मूल्य पुगेको कम्पनीको शेयर खरिदकर्ताको चाप रहेको देखिन्छ । करिब ६० हजार कित्ता खरिद अर्डर रहेका कम्पनीको शेयरको बिक्री अर्डर शून्य छ ।
वि.सं.२०७७ असोज ४ आइतवार ११:११ मा प्रकाशित