काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असोज ५ सोमवार ११:४० मा प्रकाशित