काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जभएपछि सोमवारदेखि एकीकृत कारोबार शुरु गरेका छन् ।
यी दुबै कम्पनीले असार ८ गतेको साधारणबाट पारित निर्णयपछि र भदौ ५ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि एकीकृत कारोबार गरेका हुन् । दुबै कम्पनी १ : १ अनुपातमा मर्जर भएका हुन् ।
दुई ओटा कम्पनी मर्जरपछि कम्पनीको नाम सारथि नेपाल लघुवित्त वित्तीय संस्था भएको छ । सारथि लघुवित्त वित्तीय संस्था नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत नभएको कम्पनी हो भने नयाँ नेपाल लघुवित्त वित्तीय संस्था नेप्सेमा सूचीकृत कम्पनी हो ।
दुबै कम्पनी मर्ज हुने भएपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको थियो । आवश्यक प्रक्रिया पुरा गरेपछि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।
सारथि लघुवित्तको चुक्तापूँजि रू. १३ करोड ४५ लाख र नयाँ नेपाल लघुवित्तको पूँजि रू.१० करोड ८ लाख गरी मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजि रू.२३ करोड ५३ लाख पुगेको छ ।
वि.सं.२०७७ असोज ५ सोमवार १६:०६ मा प्रकाशित