back
NMB ad

धमाधम खुल्न थाले विद्यालय

Kumari bank ad

ओखलढुंगा । कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् ।

 

 

 

 

यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ ।

 

लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।

जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्षको शैक्षिक सत्र नै प्रभावित बनेको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः बिद्यालय सञ्चालन गर्ने नीति अगाडी सारेका छन् ।

वि.सं.२०७७ असोज ५ सोमवार १९:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...