काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव संयोजक रहेको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको दिनमा देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ११ सय ७४ जना संक्रमित थपिएका छन्।
वि.सं.२०७७ असोज ७ बुधवार १६:३३ मा प्रकाशित