back
NMB ad

बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएपछि निक्षेप मात्रै थुप्रिने स्थिति

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएपछि निक्षेप मात्रै थुप्रिने स्थिति रहेको छ ।

बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँको अधिक तरलता भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक २८ दिनको निक्षेप संकलन उपकरणको प्रयोग गर्न बाध्य भएको छ ।

बिहीवार बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएको भन्दै खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट लामो अवधिका लागि ३० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

यसअघि आन्तरिक ऋण व्यवस्थापन गर्न छोटो अवधिको एकहप्ते सरकारी ऋणपत्र ट्रेजरी बिलजस्ता उपकरण जारी गर्दै आएको थियो । साथै, मौद्रिक व्यवस्थापनका लागि बजारबाट तरलता प्रशोचन गर्न साउनमा रिभर्स रिपो पनि जारी गरेको थियो ।

राष्ट्र बैंकले अवस्था हेरेर अधिकतम ९० दिनका लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न सक्छ । यस उपकरणको बोलकबोलमा सफल बोलकर्ताको बैंकमा रहेको खाताबाट रकम झिकी नेपाल राष्ट्र बैंकले निक्षेपका रूपमा राख्छ ।

यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता तोकिएको समयावधिका लागि प्रशोचन हुन्छ ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ असोज ९ शुक्रवार ०८:१९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...