back
NMB ad

लघुवित्त कम्पनीलाई शाखा विस्तार गर्न कडाइ

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई शाखा विस्तार गर्न कडाइ गरेको छ । केन्द्रीय बैंकले राष्ट्रियस्तरमा पुग्न नसकेका लघुवित्तले अब एउटै प्रदेशभित्र मात्रै शाखा खोल्नुपर्ने नीति ल्याएपछि शाखा खोल्न कडाइ भएको हो ।

 

राष्ट्रियस्तरमा स्तरोन्ती हुन नसकेका लघुवित्तले एकभन्दा बढी प्रदेशमा शाखा खोलेको भए त्यसलाई अब बन्द गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार लघुवित्त कम्पनीहरूलाई जारी गरेको निर्देशिका अनुसार एकभन्दा बढी प्रदेशमा शाखा खोेलेर कारोबार गरिरहेका लघुवित्त कम्पनीहरूले आगामी २०७८ असार मसान्तभित्र त्यस्ता शाखा बन्द गर्नुपर्ने छ ।

 

आफ्नो कार्यक्षेत्र भन्दा बहिर शाखा खोलेका लघुवित्त कम्पनीले त्यस्ता शाखा बिक्री वा बन्द नगरेसम्म आफ्नो क्षेत्रमा रहेका जिल्लामा नयाँ शाखा विस्तार गर्न पाउने छैनन् । राष्ट्रिय स्तरमा थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पुँजी पनि ६० करोड रुपियाँ रहेको छ ।

 

यसैगरी केन्द्रीय बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने लघुवित्त कम्पनीलाई थप कडाइ गरेको छ । अब तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्दा अपुग भएको रकमबाट प्राप्त हुने ब्याजदर बराबरको हर्जना लघुवित्त कम्पनीले तिर्नुपर्ने छ ।

 

त्यस्तै लघुवित्त कम्पनीका कर्मचारीले तलब भत्ता र सेवा सुविधा अब कम्पनीकै खाताबाट लिन पाउनेछन् । केन्द्रीय बैंकले कर्मचारीले पाउने तलब भत्ता र सेवा सुविधालाई कम्पनीको निक्षेपका रुपमा स्वीकार गरेर स्रोत परिचालन गर्न बाटो खोलिदिएको हो ।

वि.सं.२०७७ असोज ९ शुक्रवार ०८:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...