काठमाडौं । काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो संखयामा संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो संख्या सोमबार देशभर थपिएको कुल संक्रमितको संख्याको ६०.४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर संक्रमण देखिएको संक्रमितको संख्याको ४८ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ असोज १३ मंगलवार ०८:०८ मा प्रकाशित