back
NMB ad

कहिले खुल्छन् फिल्म हलहरु ? यस्तो छ तयारी

Kumari bank ad

काठमाडौं । झण्डै सात महिनादेखि बन्द फिल्म हलहरु आगामी दशैंबाट खोल्ने तयारी भएको छ ।

 

सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना गर्ने गरी हल खोल्न दिनुपर्ने प्रस्ताव चलचित्र विकास बोर्ड सहितका निकायहरुले सरकार समक्ष राखेका छन् । प्रस्तावमा सरकार समेत सकरात्मक रहेको बताइएको छ ।

यहि साता चलचित्र विकास बोर्डका अध्यक्ष सहितको संकट व्यवस्थापन केन्द्र (सिसिएमसि)सँगको छलफलमा दशैंबाट पुनः हल सञ्चालन गर्नेबारे छलफल भएको थियो ।

सिसिएमसिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले दशैंदेखि हल खोल्ने आन्तरिक तयारी गर्न बोर्डलाई सुझाव दिनुभएको हो । छलफलपछि विकास बोर्डले पनि आन्तरिक तयारी पुरा भएको बताउदै निर्माताहरुलाई फिल्म रिलिजको लागि तयारी रहन आन्तरिक सूचना प्रवाह गरेका छन् ।

तर संक्रमितको संख्या २५ हजार नाघेको खण्डमा लकडाउन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको धारणा छ । संक्रमितको संख्या झण्डै २५ हजारको छेउछाउमा पुगिसकेकोले हल खुल्ने सम्भावना भने न्यून बनेको छ । तर अब पुनः लकडाउन हुने अवस्था आएपनि आन्तरिक सुरक्षा मापदण्ड सहित सबै क्षेत्र खोल्ने तयारी भईरहेको बताइएको छ ।

दशैंबाट नै हल सञ्चालनमा ल्याउन सरकार र विकास बोर्ड सकरात्मक भए पनि निर्माताहरु नै फिल्म रिलिज गर्न आनाकानी गरिरहेका छन् । कोरोनाको त्रासका बीच दर्शकहरु फिल्म हलमा आउछन् भन्नेमा आफूहरुलाई विश्वास नरहेको एक निर्माताको भनाइ छ ।

वि.सं.२०७७ असोज १४ बुधवार १३:०७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...