back
NMB ad

भारतीय सहायतामा ऋणको भारी

Kumari bank ad

काठमाडौं । भौगोलिक रूपमा सहज आवतजावत गर्न सकिने छिमेकी भारतसित नेपालको सामाजिक र व्यापारिक सम्बन्ध जति निकट छ, नेपालको विकासमा पनि भारतले त्यत्ति नै सहयोग पु¥याइरहेको आम बुझाइ छ । तर, तथ्यले भने त्यस्तो देखाउँदैन ।

पछिल्ला वर्षहरूमा भारतले नेपालको विकासका लागि उपलब्ध गराउने सहायतामा अनुदानभन्दा ऋणको परिमाण बढी भएको तथ्यांकले देखाउँछ । भारतले सहायतामा ऋणको भार बढाएको छ ।

अर्थ मन्त्रालयका अनुसार भारत नेपाललाई अनुदान सहयोग उपलब्ध गराउनेमा प्रमुख पाँच स्थानभित्र समेत पर्दैन । तर, ऋण दाताको सूचीमा भने प्रमुख चौथो स्थानमा छ ।

प्राविधिक सहयोगमा पनि भारत प्रमुख पाँच देशभित्र परेको छैन । द्विपक्षीय व्यापारमा नेपाललाई आफ्ना उत्पादन निकासीको एक प्रमुख गन्तव्य बनाएर लाभ लिइरहेको भारतले विकास सहायताका नाममा ऋणको भारी बोकाउने रणनीति लिएको जानकारहरूको बुझाइ छ ।

गतवर्ष अर्थात् सन् २०१८/१९ मा भारतबाट कुल ५ करोड ८९ लाख ४४ हजार अमेरिकी डलर बराबरको विकास सहायता आएकोमा ऋणको परिमाण ४ करोड ५९ लाख ५५ हजार डलर छ ।

सहायतामध्ये अनुदान १ करोड ५ लाख ८० हजार डलर रहेको अर्थ मन्त्रालयको तथ्यांक छ । गतवर्ष भारतबाट २३ लाख ८ हजार ८ सय ५३ डलर बराबरको प्राविधिक सहायता प्राप्त भएको देखिन्छ ।

गत १ वर्षमा भारतबाट नेपालको विकासका नाममा आएको रकममा ऋणको परिमाण ७८ प्रतिशत छ । अनुदान, प्राविधिक सहायता क्रमशः १८ र ४ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको आजको अर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०७:४९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...