back
NMB ad

पाइपलाइनबाट पेट्रोल ल्याउन भण्डारण क्षमता बढाउँदै निगम

Kumari bank ad

काठमाडौं । पाइपलाइनबाट डिजेल ल्याउन थालेको १ वर्षपछि नेपाल आयल निगमले पेट्रोल पनि त्यही पाइपलाइनबाट ल्याउन भण्डारण पूर्वाधार विस्तारको तयारी थालेको छ ।

पाइपलाइनबाट पेट्रोल ल्याउनका लागि अहिलेको भण्डारण क्षमता अपुग भएपछि निगमले बाराको अमलेखगञ्ज–२१ मा ८२ लाख लिटर क्षमताका दुईओटा ट्यांकी बनाउने तयारी गरेको हो ।

हाल निगमसँग पेट्रोलको भण्डारण क्षमता जम्मा १८ लाख लिटर रहेको छ । त्यसैले डिजेल पाइपलाइनबाट ल्याए पनि निगमले पेट्रोलचाहिँ ट्यांकरबाटै ल्याउने गरेकोे छ ।

निगमले गतवर्षको साउनमा पाइपलाइनबाट डिजेल ल्याएको थियो । पाइपलाइनबाट डिजेल आउने बाराको अमलेखगञ्ज–२१ मा रहेको १२ बिगाहा जग्गामा ती ट्यांकी बनाइने भएको हो ।

निगमको अमलेखगञ्ज कार्यालयका प्रादेशिक प्रमुख भरत रेग्मीले एउटा ट्यांकीको क्षमता ४१ लाख लिटर हुने जानकारी दिए । एउटा पेट्रोल ट्यांकी भारतीय आयल कर्पोरेशन (आईओसी)ले बनाइदिन लागेको उनको भनाइ छ ।

‘दुईओटा ट्यांकी बनेपछि नेपालमा १ करोड लिटर पेट्रोल भण्डारण गर्ने आधार तयार हुनेछ,’ रेग्मीले भने, ‘भण्डारण क्षमता सीमित भएकाले पाइपलाइनबाट पेट्रोल ल्याउन असहज भएको थियो ।’

अहिले डिजेलमात्रै पाइपलाइनबाट आउने गरेको छ । नेपालमा डिजेलको भण्डारण क्षमता भने २ करोड लिटर छ । अहिले पाइपलाइनमा भारतको पटनाबाट डिजेल पम्पिङ हुन्छ भने निकट भविष्यमा मोतिहारीबाट डिजेल धकेल्न शुरू गरिनेछ ।

एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल ल्याउनका लागि निगमले गृहकार्य थालेको हो । पाइपलाइनबाटै पेट्रोल ल्याउनका लागि डिजेल पठाइसकेपछि मट्टीतेलको प्रयोग गरिने र त्यसपछि पेट्रोल आउन शुरू गरिनेछ ।

एउटै पाइपबाट ल्याइने भएकाले यो कार्य अलि जटिल रहेको रेग्मीको भनाइ छ । अहिले डिजेल प्रतिघण्टा २ लाख लिटर आउँछ भने पेट्रोल ल्याउँदा यसको मात्रा घटाएर प्रतिघण्टा ९० हजारदेखि १ लाख लिटरसम्म ल्याउने योजना निगमको रहेको ओजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०६:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...