back
NMB ad

मध्यपहाडी लोकमार्गमा सहज सञ्चार सेवा पुर्याउँदै नेपाल टेलिकम

Kumari bank ad

बलेवा । नेपाल टेलिकम बागलुङले पुष्पलाल मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि काम थालिएको छ ।

दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि नेपाल टेलिकमले बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालिएको हो । बागलुङ, रुकुम र रोल्पाको सिमानामा पर्ने तिलाचन धुरीमा टावर निर्माणको काम थालिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

उनका अनुसार बागलुङको निसीखोला, रुकुमको भुमे र रोल्पाको सुनछहारी गाउँपालिकामा सहज सञ्चार सेवाका लागि टावर निर्माण गर्न थालिएको छ । टेलिकमको नेटर्वक नरहेका क्षेत्रमा निजी क्षेत्रका दूरसञ्चार प्रदायक कम्पनीको समेत पहुँच पुगेको छैन् ।

मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा समेत दूरसञ्चारको सञ्जाल नहुँदा पर्यटक र स्थानीयवासी मर्कामा पर्दै आएको थियो । सञ्चार सेवाबाट वञ्चित भएको उक्त क्षेत्रमा टावर सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

निसीखोला–६ स्थित तिलाचनको धुरी सामुन्द्रिक सतहबाट अन्दाजी तीन हजार ४ सय ८६ मिटरको उचाइमा पर्छ । “मूल सडक आसपास मोवाइलमा फोन नलाग्ने समस्या थियो”, गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने, “टेलिकमको टावर बनेपछि जनजीवन सहज बन्छ ।” झण्डै रु एक करोडको लागतमा ‘फोर जी’ सुविधासहितको टावर निर्माण गर्न लागिएको प्रमुख शर्माले जानकारी दिए ।

सौर्य उर्जाको उपयोग गर्न सकिने गरी निर्माण हुन लागेको टावर आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी भैरहेको उनको भनाइ छ । “हिउँ पर्नु पूर्व नै सेवा सञ्चालनमा आउँछ”, प्रमुख शर्माले भने, “भवन निर्माण र उपकरण धुरीसम्म पु¥याउने काम शुरु भैसकेको छ ।”

झण्डै एक वर्ष अघिदेखि नै तिलाचन धुरीमा टावर निर्माणको प्रयास भएपनि तीन जिल्लाको सीमा विवादका कारण जग्गा प्राप्ति हुन नसक्दा काम रोकिएको थियो । “अहिले गाउँपालिकामार्फत सरकारी जग्गा प्राप्त भएपछि नेपाल टेलिकमले टावर निर्माण शुरु गरेको छ”, उनले भने, “निसीखोलामै पर्ने गरी टावर निर्माण हुन्छ ।” टावर सञ्चालनमा आएपछि ढोरपाटन घुम्न जाने पर्यटकका लागि ‘फोर जी’सहितको सञ्चार सेवा उपलव्ध हुने गाउँपालिकाका अध्यक्ष पौडेलले बताए । तीन जिल्लाका तीनवटै गाउँपालिकामा सहज सञ्चार पुग्ने गरी टावरमा निर्माण भइरहेको बताइएको छ ।

यस्तै, नेपाल टेलिकमले गलकोट नगरपालिका–९ देउपुर डाँडामा रहेको मोवाइल टावरको स्तरोन्नति गरेको छ । टेलिकमले ग्रामीण क्षेत्रमा मोवाइल डाटा सहजै उपलब्ध गराउने उद्देश्यले बिहिबारदेखि तेस्रो पुस्ताको थ्री जी सेवा विस्तार शुरु गरेको प्रमुख शर्माको भनाइ छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १४:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...