back
NMB ad

बैंकको ५१ अर्ब ७५ करोड रूपैयाँ उठाउन सकस

Kumari bank ad

काठमाडौं । कोरोना महामारीका कारण वाणिज्य बैंकहरूले लगानी गरेको ५१ अर्ब ७५ करोड रूपैयाँ उठाउन सकस परेको छ। यो कर्जा सरकारी र निजी क्षेत्रका सबै वाणिज्य बैंकले लगानी गरेका हुन्।

बैंकहरूले लगानी गरेको साँवा र ब्याज असारमा उठिसक्नुपर्ने थियो। तर कोरोना महामारीका कारण उठाउन समस्या परेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। बैंकहरूले उठाउने साँवाको किस्ता र ब्याज अघिल्लो वर्ष भन्दा साढे चार गुणाले बढी भएको उनले बताए।

अघिल्लो वर्षको असार मसान्तमा यसरी उठ्नुपर्ने रकम ११ अर्ब ४७ करोड रूपैयाँ थियो। कोरोना महामारीले व्यवसायमा असर परेपछि नेपाल राष्ट्र बैंकले साँवा र ब्याज तिर्ने समय असोज मसान्तसम्म सारेको छ।

अझै पनि कोरोना महामारी नियन्त्रणमा आइनसकेकाले उद्योगी, व्यवसायीले कर्जा भुक्तानीको अवधि थप गर्न माग गरिरहेका छन्। असोज मसान्तमा पनि कर्जा नउठ्ने हो भने बैंक तथा वित्तीय संस्थाको आर्थिक अवस्था झनै समस्यामा पर्ने बैंकका सिइओहरू बताउँछन्।

असारसम्मको विवरणका आधारमा सबभन्दा बढी किस्ता र ब्याज सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उठाउन बाँकी छ। उक्त बैंक एक्लैले लगानी गरेको साँवा र ब्याज गरी १३ अर्ब १८ करोड रूपैयाँ उठाउन बाँकी छ। अघिल्लो आर्थिक वर्ष उक्त बैंकको एक अर्ब ८३ करोड रूपैयाँ उठाउन बाँकी थियो।

त्यस्तै, नेपाल बैंक पनि साँवा र ब्याज असुली गर्न धेरै बाँकी रहनेमा छ। त्यस बैंकले कर्जामा रहेको सावाँ र ब्याजमध्ये असारसम्म ६ अर्ब १४ करोड रूपैयाँ उठाउन बाँकी छ। अघिल्लो आर्थिक वर्ष उक्त बैंकको २५ करोड रूपैयाँ मात्र उठाउन बाँकी थियो।

बैंकहरूले नाफा गर्ने प्रमुख हिस्सा ब्याजबाट आउने आम्दानी हो। आर्थिक वर्ष ०७५/७६ मा सबै बैंकले तीन खर्ब चार अर्ब रूपैयाँ ब्याज आम्दानी गरेका थिए। त्यतिखेर उनीहरूको खर्च एक खर्ब ७७ अर्ब रूपैयाँ थियो भने बाँकी सबै खुद नाफा हो।

राष्ट्र बैंकले असारसम्म उठ्नुपर्ने ब्याज असोज मसान्तसम्म उठेमा असारको लेखांकन गर्ने सुविधा भने दिएको छ। असोज मसान्तसम्म कर्जा किस्ता उठेमा भने बैंकहरूको आम्दानी वृद्धि हुनसक्छ। तर बैंकर र व्यवसायी राष्ट्र बैंकको व्यवस्था अनुसार असोज मसान्तसम्म सबै किस्ता उठ्ने सम्भावना निकै कम रहेको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०८:१२ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...