back
NMB ad

अब एनआईसी एशियाबाट रेमिट्यान्स पठाउदा शुल्क नलाग्ने

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको अवस्थामा आफ्नो एनआईसी एशिया रेमिटमार्फत यसपालीको विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउन सक्नुहुनेछ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ ।

 

२०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहक महानुभावहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

     

वि.सं.२०७७ असोज २० मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...