भद्रपुर । भद्रपुर भन्सार कार्यालय र कृषि विकास बैंक शाखा कार्यालय भद्रपुरका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि दुवै कार्यालयमा सेवा बन्द भएको छ ।
भन्सारका एक पुरुष कर्मचारी तथा बैंकका एक महिला र तीन पुरुष गरी चारजना कर्मचारीमा मंगबलार कोरोना भाइरस पुष्टि भएको हो ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि दुवै कार्यालयले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि अनिश्चितकालसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७७ असोज २१ बुधवार ०७:११ मा प्रकाशित