back
NMB ad

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।

वोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो ।

रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताउनुभयो । ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भन्नुभयो ।

अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताउनुभयो । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उहाँले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गर्नुभयो ।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताउनुभयो । ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् ।

सहकारी आर्थिक रुपमा सबल छ । सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’, मन्त्री अर्यालले भन्नुभयो ।

संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उहाँले बताउनुभयो । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताउनुभयो ।

तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उहाँले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबीच सहकार्यको जरुरी रहेको बताउनुभयो । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडी बढीरहेको छ ।

दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्’, उहाँले भन्नुभयो, ‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौ । र त्यो ढंगले हामी अगाडी बढ्नुपर्नेछ ।’

मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका निम्ती बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताउनुभयो ।

सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताउनुभयो । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताउनुभयो ।

वोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री अर्यालले भन्नुभयो, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताउनुभयो । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताउनुभयो ।

यसैक्रम त्यस अवसरमा राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताउनुभयो ।

सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका निम्ती रणनीति तयार गरिएको बताउनुभयो ।

वि.सं.२०७७ असोज २१ बुधवार १३:४८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...