back
NMB ad

कुखुरा फार्मको दुर्गन्धले दर्जनौं बस्तीमा समस्या

Kumari bank ad

पर्सा । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।

सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, देउखुरी, धर्मपुर, वैधनाथपुर, धर्मबस्ती, बङ्कुल, रामभोटीभाठा गाउँ, खरघट्टी, सुवाटोल, बेलवा, लंकुल, पल्लोटाँगी, बहुरीया, मलाइडाँडालगायतका बस्तीमा दुर्गन्ध फैलनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत असर पर्न थालेको उक्त गाउँपालिकाका उपाध्यक्ष ममता महतोले बताइन् ।

सो फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनाका साथै बालबालिका बिरामी पर्नेलगायतका समस्या देखिएको गुनासो गर्दै स्थानीयवासी लक्ष्मी लामाले भनिन्, “सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ ।” दुई वर्षअघि स्थानीय शिवजीप्रसाद कलवारले स्थापना गर्नुभएको सो फार्मबाट निस्कने दुर्गन्ध र फोहरलाई रोक्न र मरेको कुखुरालाई उचित व्यवस्थापन गर्न पटकपटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदासमेत फार्मले समस्या समाधानमा ध्यान नदिएकाले पीडित स्थानीयवासीले गाउँपालिकामै समस्या समाधानका लागि उजुरी दिएका छन् ।

जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न गाउँपालिका सचेत रहेको न्यायिक समितिका संयोजकसमेत रहनुभएका उपाध्यक्ष महतोले भने, “उक्त समस्या समाधान गर्न फार्मको व्यवस्थापन पक्ष र स्थानीयवासीलाई असोज २९ गते छलफलका लागि डाकिएको छ ।” कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नाका साथै स्यालको आतङ्कसमेत फैलिएको स्थानीय जयकुमार मिश्रले गुनासो गरे ।

दाल र दानाको उद्योग खोल्ने अनुमति लिएर लगानीकर्ताले कुखुरा फार्म खोलेको स्थानीयवासीले आरोप लगाए पनि कम्पनी काठमाडौँस्थित कम्पनी रजिष्टारको कार्यालय तथा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा कुखुरापालन व्यवसाय गर्ने भनेर नै सो फार्म दर्ता भएको सो कार्यालयका प्रमुख रिमा साहले बताइन् ।

सदरमुकाम वीरगञ्जबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको सो फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले स्थानीयवासीको स्वास्थ्यमा असर गर्नाका साथै, फलफूल नष्ट हुने, धानबालीमा विभिन्न रोगका किरा लाग्ने, प्रदूषण बढ्नेजस्ता समस्या बढ्दै गएकाले छिट्टै समस्या समाधान नभए आन्दोलनमा समेत उत्रिने स्थानीयवासीले बताए ।

वि.सं.२०७७ असोज २२ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...