काठमाडौं । कान्ति बाल अस्पतालले विभिन्न तहमा गरी ५६ जना कर्मचारी माग गरेको छ ।
अस्पतालले मेडिकल अधिकृत आठौं तहमा २०, बायोमेडिकल इन्जिनियर आठौं तहमा १ तथा स्टाफ नर्स पाँचौं तहमा ३५ जना कर्मचारीहरु माग गरेको हो ।
अस्पतालले करार सेवामा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरिएको जानकारी दिएको छ । माग गरिएको पदमा आवेदन दिन इच्छुक व्यक्तिले कात्तिक १२ गतेभित्र दरखास्त आवेदन पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार ०८:१४ मा प्रकाशित