back
NMB ad

कर्मचारीलाई ४० हजार रुपैयाँसम्म दशैं बोनस !

Kumari bank ad

विराटनगर । कोरोनाको महामारीका कारण लामो समयसम्म गरिएको लकडाउनले सबै क्षेत्रमा आर्थिक संकट निम्तिएको अवस्थामा नोबेल शिक्षण अस्पतालले कर्मचारीहरुलाई दशैं बोनस वापत १ करोड २६ लाख रकम वितरण गरेको छ ।

निजी क्षेत्रका धेरै रोजगारदाता संस्थाले कर्मचारीलाई कामबाट हटाउने, बेतलबी राख्ने, आंशिक काममा लगाउने, काम गर्नेलाई पनि न्यून तलब दिने लगायत समस्या देखिएका बेला नोबेलले कर्मचारीहरुलाई दशैं मनाउनका लागि बोनस दिएको हो ।

९८० जना कर्मचारीलाई दशैं बोनस बापत ९५ लाख १३ हजार रकम वितरण गरिएको नोबेल अस्पतालले जनाएको छ । त्यस्तै अन्य संस्थामार्फत सम्झौता भएर नोबेलमा कार्यरत सुरक्षागार्ड, सफाई कर्मचारी लगायतलाई बोनसका लागि नोबेलले करिब ३१ लाख २८ हजार रकम सम्बन्धित संस्थालाई यसअघि नै उपलब्ध गराइसकेको छ ।

प्रत्यक्ष रोजगार र अन्य संस्थामार्फत् सम्झौता भएर काम गर्ने गरी नोबेलमा करिब १६ सय कर्मचारी कार्यरत छन् । नोबेलमा काम गर्ने कर्मचारीले प्रतिव्यक्ति न्यूनतम ८ हजार ४ सय ५५ देखि अधिकतम ४० हजार रुपैयाँसम्म बोनस पाएका छन् ।

कोरोनाको महामारीका कारण अन्य क्षेत्र जस्तै नोबेल पनि प्रभावित भएतापनि संकटका बेला आएको दशैंमा कर्मचारीलाई राहत स्वरुप बोनस वितरण गरिएको नोबेल अस्पतालका संचालक डा.सुनिल शर्मा बताउँछन् ।

कोरोनाको महामारीका बेला दशैंको मुखमा बोनस पाउँदा कर्मचारीहरु पनि उत्साहित भएका छन् । कर्मचारीको तलबमा मात्रै मासिक करिब ७ करोड रकम खर्चिदै आएको नोबेलले हरेक वर्ष कर्मचारीहरुलाई दशैं बोनस पनि वितरण गर्दै आएको छ ।

भरपर्दो उपचार र गुणस्तरीय चिकित्सा शिक्षाका कारण लोकप्रियता कमाएको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालकै सबैभन्दा ठूलो शिक्षण अस्पताल हो ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...