back
NMB ad

कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा !

Kumari bank ad

ललितपुर । कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् ।

पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँ मात्र तलबका दिँदै आएका छन् तर डिसेम्बरपछि पनि कोरोना नियन्त्रणमा आएर व्यवसाय सुचारु हुने सङ्केत नदेखेपछि कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा बस्न भन्न थालेका छन् ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले आगामी जनवरीदेखि लागू हुनेगरी केही कर्मचारीलाई कम्तीमा एक वर्षका बेतलबी बिदामा पठाइने जनाएको छ ।

होटलका मानव संसाधन निर्देशक सर्ज रञ्जितले होटलका १०१ कोठा मात्र सञ्चालनका लागि हाल भएका कर्मचारीको सङ्ख्या अधिक भएकाले थपलाई बेतलबी बिदामा पठाउन लागेको बताए ।

उनका अनुसार बेतलबी बिदा अवधि होटल व्यापार व्यवसायको भावी परिस्थिति हेर्दै कम्तीमा पाँच वर्षसम्म बढाउन सकिने छ ।कम्पनीले प्रोत्साहनप्रद बहिर्गमन योजानअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी ९८ जना श्रमिक कर्मचारीलाई बिदा गरिसकेको छ ।

होटलको मुख्य बजार भारत र युरोपलगायतका देशमा कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएकाले होटल व्यवसाय पुनः पुरानो अवस्थामा फर्कन निकै लामो समय लाग्नसक्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

दरबार मार्गस्थित होटल अन्नपूर्णले पनि गत २५ गते नै होटल अनिश्चित कालका लागि पूर्ण रूपमा बन्द गरिने भएकाले श्रमिक तथा कर्मचारीलाई आफ्नो हरहिसाब गरेर सेवाबाट अलग हुन आह्वान गरेको छ ।

होटल याक एन्ड यतीका मानव संसाधन व्यवस्थापक रितेश श्रेष्ठ भने होटलले अहिलेसम्म कर्मचारी बिदाइ गर्ने योजना नबनाएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:२८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...