back
NMB ad

आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका कारण करदाताले सास्ती

Kumari bank ad

काठमाडौँ। राजधानीको उत्तरपूर्वी भेगका करदातालाई सहज हुने गरी गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा खोलिएको आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका कारण करदाताले सास्ती भोग्नुपरेको छ ।

यस क्षेत्रका काठमाडौँ महानगरपालिका वडा नं ६ गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ६ सम्म र शङ्खरापुर नगरपालिकाका २४ हजारभन्दा बढी करदाताका लागि गत भदौ १ गतेदेखि जोरपाटीमा कार्यालय खोलिएको थियो ।

कार्यालय भाडामा लिँदा मूल सडकको भवनको तेस्रो तलामा लिइएको छ । यस्ता कार्यालय भित्री सडकमा खुला स्थान बढी भएका ठाउँमा लिने व्यवस्था मिलाउन सेवाग्राहीले माग गरेका छन् ।

कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दी र निषेधाज्ञाले यसअघि कर बुझाउन नपाएकाहरु एकैपटक कार्यालयमा आउँदा भीड भई मूल सडकदेखि नै लाममा बस्न थालेका छन् । जसका कारण कोरोना फैलने त्रास बढेको छ ।

कार्यालय भित्री सडक क्षेत्रको बढी क्षेत्रफल भएका स्थानमा लिएको भए कोरोनाका त्रासका बीचमा भीडमा लाम बस्नुनपर्ने शङ्खरापुर–१ नाङ्लेभारेका ज्ञानेन्द्र ढकाल बताउँछन् ।

मूल सडकको तेस्रो तलामा राजश्व कार्यालय छ । दोस्रो तलामा कर दाखिला गर्न तोकिएको प्रभु बैंक छ । करदाता बैंकमा राजश्व तिर्न लाम लाग्दा व्यापारिक भवनको माथिल्लो तलासम्म जानेहरुका कारण कोरोनाको त्रासका बीच भीड बढ्ने गरेको छ ।

साँघुरो भर्याङमा करदाता लाम लाग्ने र माथिल्लो तलामा रहेका कार्यालय एवं व्यावसायिक फर्ममा जानेहरुको दोहोरो आवतजावतले कोरोना सङ्क्रमण हुने भय रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाट कर तिर्न लाममा बसेका श्यामबहादुर तामाङले गुनासो गरे। विभागले उपयुक्त स्थानमा कार्यालय नराख्दा सेवाग्राहीले दुःख पाउनुपरेको लाममा बसेकाहरुको भनाइ छ ।

बैंकले दुई घण्टासम्म लाममा बस्दासमेत भौचर नदिँदा धेरै करदाता आक्रोशित हुने गरेका छन् । यसअघि चावहिलमा कार्यालय रहेका बेलाभन्दा कर बुझाउन असहज भएको छ । चावलिको कार्यालयमा पाँच मिनेटमा हुने कामका लागि जोरपाटीमा कार्यालय सरेपछि घण्टौँ लाग्ने गरेको छ । चावहिलमा एभरेष्ट बैंकले छिटो गर्ने कामलाई जोरपाटीमा प्रभु बैंकले धेरै समय लगाउने गरेको पनि सेवाग्राहीको गुनासो छ ।

काठमाडौँ महानगरपालिका वडा नं ६ स्थित एपेक्स लाइफ स्कूलबाट कर तिर्न आएका शिक्षक प्रकाश भट्टराई बैंकमा भौचर लिनकै लागि घण्टौँ लाममा बस्दा पनि पाउन नसक्ने, बैंकभित्र छिर्न नपाइने, भित्र ठाउँ खाली हुँदा पनि सुरक्षागार्डले बाहिरै लाम लगाउनेलगायत समस्या रहेको बताउँछन् ।

विभागले अनलाइनबाटै कर तिर्न सक्ने व्यवस्था गरे पनि करदाता शिक्षाको अभावका कारण धेरैले थाहा पाउन सकेका छैनन् । यसैकारण धेरै करदाता कार्यालयमै जम्मा हुन थालेका छन् ।

कार्यालयका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल कोरोनाका कारण यसअघि करदाता कर तिर्न आउन नसकेकाले खुला भएका बेला भीड बढी भएको बताउँछन् । करदाताले अनलाइनबाट नै धेरै काम गर्न सक्ने गरी व्यवस्था गरे पनि त्यस विषयमा जान्न नचाहेकाले समस्या आउने गरेको उनको भनाइ छ । विभागले मासिक रु तीन लाख भाडा तिर्ने गरी जोरपाटीको मूल सडकमा रहेको तेज चौतारी मलमा कार्यालय लिएको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०८:५२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...