back
NMB ad

कृषकलाई आधुनिक हलो

Kumari bank ad

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकलाई आधुनिक हलो वितरण गरेको छ।

परम्परागत कृषि पेसालाई व्यवसायिक र आधुनिकीकरण बनाउन खाँदबारी नगरपालिकाले कृषकलाई २८ वटा आधुनिक हलो (मिनीटिलर) उपलब्ध गराएको हो। नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक हलो वितरण गरेको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए।

श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन्। किसानले राज्यले गरेको लगानी खेर नफाली उत्पादनमा वृद्धि गर्दै बढी भन्दा बढी मात्रामा आर्थिक उपार्जन तर्फ लाग्ने नगर प्रमुखले खतिवडाले आग्रह गरे।

नगरभित्रका किसानलाई व्यवसायिक कृषि प्रणालीको शुरुवात गर्न ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध गराएको खाँदबारीले जनाएको छ।

प्रतिगोटा ६३ हजार २५० रुपैया मूल्य पर्ने मिनीटिलर नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरेको खाँदबारी नगरपालिका कृषि शाखाका प्रमुख मेगराज पोख्रेलले बताए।

नगरले किसानको ५० प्रतिशत लगानीमा नगरभित्रका २८ वटा मिनीटिलर एक करोड ७७ लाख एक हजार रुपैयाँ मूल्य बराबरको टिलर वितरण गरेको जनाएको छ। नगरका ११ वटा वडाका कृषक तथा कृषि समूहलाई एक(एक वटाका दरले टिलर उपलब्ध गराइएको हो।

नगरले हरेक वर्ष किसानलाई मिनिटिलर वितरण गर्दै आएको छ। आधुनिक हलो पाएपछि गोरुलाई घाँसपात गर्न समयको बचतले कृषि पेसामा सहज हुने खाँदबारी -१० का सविन विश्वकर्माले बताए।

वि.सं.२०७७ कात्तिक २ आइतवार १४:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...