back
NMB ad

दुई दर्जन कम्पनीको शेयर कारोबार रोक्का : कुन-कुनले बुझाएनन् नविकरण शुल्क ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक नविकरण शुल्क नबुझाउने २५ ओटा कम्पनीको कारोबार रोक्का गरेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाइसक्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र शुल्क नबुझाएका कारण कारोबार रोक्का गरिएको नेप्सेले बताएको छ ।

यसअघि असोज १३ गते नै सूचना जारी गरी वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेले सूचीकृत कम्पनीहरुलाई भनेको थियो ।

तोकिएको अवधिभित्र नवीकरण शुल्क नबुझाएमा नविकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्नेसमेत नेप्सेले यस अघिको सूचनामा उल्लेख गरेको थियो ।

हालसम्म नविकरण नगर्ने कम्पनीहरुमा क्यापिटल मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टिपर्पोज फाइनान्स, नेपाल शेयर मार्केट्स, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति उद्योग, विराज सुज, बुटवल स्पाइनिङ्ग, फ्युर हिमालयन, गोरखकाली रबर उद्योग, हरिसिद्धि ईटा तथा टायल कारखाना, हिमालय डिष्टिलरी, ज्योती स्पाईनिङ्ग मिल्स, नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग, रघपछि जुट मिल्स, भृकुटी पल्स एण्ड पेपर, श्रीराम सुगर मिल्स, नेपाल वेयलफेयर, नेपाल ट्रेडिङ, याक एण्ड यति होटेल र नेपाल फिल्म डेभलपमेण्ट कम्पनी रहेका छन् ।

यी मध्ये धेरैजसो कम्पनीहरु सूचीकृत भएपनि कारोबारमा नआउने र धेरैजसो बन्द भइसकेका कम्पनीहरु रहेका छन् ।नेप्सेका अनुसार रू.५० करोडसम्म चुक्तापूँजी भएका कम्पनीहरुलाई वार्षिक रू.५० हजार र रू.५० करोड माथि चुक्तापूँजी हुने कम्पनीहरुलाई वार्षिक रू. १ लाख धितोपत्रको वार्षिक नवीकरण शुल्क लाग्नेछ ।

त्यस्तै डिवेन्चर तथा म्युचुअल फण्डका लागि रू.५० करोडसम्म चुक्तापूँजी भएका कम्पनीहरुको हकमा रू.२५ हजार र रू.५० करोडभन्दा बढी चुक्तापूँजी भएका कम्पनीहरुको हकमा रू.५० हजार वार्षिक नवीकरण शुल्क लाग्ने गरेको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...