back
NMB ad

एनआईसी एशिया बैंकले २०% लाभांश दिने, नगद र बोनस कति ?

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको ।

बैंकको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर वापत दिने निर्णय गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीले सो लाभांश पाउने छन् ।

अहिले बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ । बैंकले सेयरधनीलाई १ अर्ब ९४ करोड रुपैयाँको बोनस सेयर र ९ करोड ७२ लाख रुपैयाँको लाभांश कर प्रयोजनका लागि दिनेछ ।

बैंकले गत आार्थिक वर्ष २०७६/०७७ मा प्रति सेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धिसहित ३ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।

बैंकको स्व–पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार १९:४४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...