back
NMB ad

काँगेलडाँडा विमानस्थल पुनः सञ्चालन हुने

Kumari bank ad

सोलुखुम्बु । काँगेलडाँडा बिमानस्थल पुनःसञ्चालनका लागि पहल थालिएको छ ।

लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनको लागि सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर) सहितको टोलीले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग भेटबार्ता गरी यस विषयमा थप छलफल समेत गरेको छ ।

भेटघाटकै अवसरमा मन्त्री भट्टराईसहितको टोली शुक्रबार काँगेलडाँडा आउने र विमानस्थलको निरीक्षण गरी सञ्चालन विधि निर्माण गर्ने सहमति भएको टोलीमा सहभागी थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

यही कात्तिक २१ गते शुक्रबार मन्त्री भट्टराई सहितको टोली काँगेलडाँडा आउने र सोही दिन महाकुलुङको गुदेलमा निर्माण हुन लागेको विमास्थलको समेत निरीक्षणमा जाने बताइएको छ । गौरचन बनेको विमानस्थललाई पुनःसञ्चालनको विधि निर्माणका लागि आवश्यक छलफल भइरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

विसं २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा शुरु भएको थियो । विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयर एयरलाइन्सले पनि उडान भर्ने गरेको थियो ।

जिल्लाको तल्लो क्षेत्रका चार गाउँपालिका र खोटाङका माथिल्लो क्षेत्रका नागरिकका लागि अति आवश्यक विमानस्थल मानिने भएपनि छ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा गौचरनमा परिणत भएको स्थानीय एकाबहादुर बस्नेतले बताए ।

नागरिकको सेवाका लागि करोडौँको लागतमा विमानस्थल निर्माण गरिएपनि गौचरनमा परिणत हुँदा राज्यको लगानी बालुवामा पानी हाले जस्तै बनेको स्थानीय तारा बुढाथोकीको भनाइ छ ।

यता नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी राजकुमार क्षेत्रीले आफूहरु उडानको लागि तयारी भएपनि मन्त्रालयबाट अनुमति आउनुपर्ने बताए । विमानस्थल बन्द हुँदा अशक्त तथा बिरामीलाई समस्या भएकाले सञ्चालन गराउने सवालमा पहल भइरहेको सांसद शुरवीरले बताए ।

जिल्लामा रहेको चार विमानस्थलमध्ये अहिले फाप्लु र तेञ्जिङ हिलारी विमानस्थल मात्र पूर्णरुपमा सञ्चालनमा रहेको छ । खुम्बुमा नै रहेको स्याङ्बोचे विमानस्थलमा भने हेलिकोप्टरले बेला मौकामा उडान भर्ने गरेका छन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार २०:४९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...