काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ।
कम्पनीले यही कात्तिक २७ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।यस अघि कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:४२ मा प्रकाशित