back
NMB ad

राष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकै दिन थप ४ वटा शाखा

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन थप ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार एकै दिन शाखा शुभारम्भ गरिएको हो ।
बैंकका अध्यक्ष के.बी.उप्रेतीले छुट्टा छुट्टै समयमा चार वटा शाखाको उद्घाटन गर्नु भएको हो ।
नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखा सञ्चालनको अनुमति दिएपछि बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको थियो । काठमाडौं र भक्तपुरमा चार ठाउँमा एकै दिन चारवटा शाखा सञ्चालनमा ल्याएका छौ, अध्यक्ष उप्रेतीले भन्नुभयो–‘लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा आउदैछन् ।’ काठमाडौमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।

भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार एकै दिन शाखा शुभारम्भ गरिएको हो ।

यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको गुरागाईले जानकारी दिनुभयो ।
४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्त भित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासंगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् । अब बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुदै नगरपालिका र गाउँपालिकासम्म पु¥याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो ।
बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...