back
NMB ad

दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोग

Kumari bank ad

मकवानपुर । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक सहयोग गरिएको छ । भुकम्प पुनर्निमाण सम्बन्धी तीनवटै कार्यालय (भवन,शिक्षा र अनुदान) मा कार्यरत अन्य कर्मचारीहरुले संकलन गर्नुभएको ३ लाख १३ हजार ३७६ रुपैयाँ रकम आज एक कार्यक्रमकाबीच परिवारलाई हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसहित जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का कर्मचारीहरु स्वर्गीय अधिकारीको चितवन स्थित घरमै पुगेर परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । जिसस प्रमुख खुलालसहितको टोलीले अधिकारीको आमा सिता अधिकारीलाई ३ लाख १३ हजार ३७६ रुपैयाँ बराबरको चेक रकम हस्तानतरण गर्नुभएको हो । सो अवसरमा उहाँले स्वर्गीय अधिकारीको परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

२०७३ साल जेठ १३ गते भवन कार्यालयमा नियुक्त भएर जिल्लाको बकैया गाउँपालिकामा कार्य गर्दै आउनुभएका अधिकारीलाई कोरोना संक्रमण भई चितवन स्थित घर जाने क्रममा गत असोज ३ गते मनहरीमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो । सव ईन्जिनियर स्वर्गीय अधिकारीको परिवारलाई आज कार्यालयका कर्मचारीहरुको एकदिन बराबरको तलब रकम संकलन गरेर सहयोग गरिएको हो ।

पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रमुख तुलसिराम खर्बुजाले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रशासन प्रमुख विष्णु प्रसाद अर्याल, लेखापाल दिपक गजुरेल, ईन्जिनियर रविन पाठकलगायतको उपस्थिती थियो ।

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १८:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...