back
NMB ad

कोभिडले सार्क क्षेत्रमा पारेको प्रभाव सन्दर्भमा सदस्य राष्ट्रहरुबीच सहकार्यका लागि एकजुट हुन आवश्यक : उपाध्यक्ष कडेल

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले महामारीको रुपमा फैलिएको कोरोना संक्रमण (कोभिड १९) ले दक्षिण एसिया क्षेत्रमा सामाजिक, आर्थिक प्रभाव पारेको सन्दर्भमा सार्क सदस्य राष्ट्रहरुबीच सहकार्यका लागि एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

उपाध्यक्ष कडेलले पाकिस्तान सरकारको आयोजनामा दक्षिण एसियामा दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धमा विद्युतीय माध्यमबाट सम्पन्न पहिलो सार्क योजना मन्त्रीस्तरीय बैठकमा आज नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागिता जनाउँदै सो कुरा बताउनु भएको हो । उहाँले दिगो विकास लक्ष्यको प्रगति तथा नेपालले हालसम्म अवलम्बन गरेका कानूनी, नीतिगत तथा संरचनागत पक्षहरुको बारेमा उल्लेख गर्नुभएको थियो । उपाध्यक्ष कडेलले एजेण्डा २०३० शुरुवात भएको पाँच बर्ष बितिसकेको तथासाथै, सार्कको संस्थापक सदस्य भएको तथा वर्तमान अध्यक्ष भएको हैसियतले यस क्षेत्रको विकासका लागि सहकर्य गर्न नेपाल सदैव प्रतिबद्ध रहेको विषयमा समेत जोड दिनुभयो । वहाँले सबै राष्ट्रहरुले अवलम्बन गरेका असल अभ्यासहरु एकआपसमा आदानप्रदान गर्नुका साथै सार्क क्षेत्रमा दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धी विस्तृत अध्ययन गर्नु आवश्यक रहेको कुरा औंल्याउनु भयो ।


सो अवसरमा उपाध्यक्ष कडेलले दिगो विकास लक्ष्य हासिल गर्नका लागि वर्तमान वित्तीय अभाव तथा प्रविधि, क्षमता विकास जस्ता पक्षहरुलाई महत्व दिनुपर्ने विषयमा जोड दिनुभयो । साथै, उहाँले विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण,कोभिड १९को कारण स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई पार गरी सार्क क्षेत्रमा व्याप्त चरम गरिबीको अन्त्य गरी आर्थिक समृद्धि तर्फ लम्कनु पर्ने र सोको लागि सबै सार्क सदस्य राष्ट्रहरु एकीकृत रुपमा प्रतिबद्ध भई अघि बढ्नुपर्ने बताउनुभयो ।

सो बैठकमा सबै सार्क राष्ट्रका योजना मन्त्रीहरु र अन्य प्रतिनिधिहरुले सहभागिता जनाउनु भएको थियो । उपाध्यक्ष कडेलले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, सहसचिव खोमराज कोइराला तथा सम्वद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त बैठकमा २०७७/०८/०८ गते तदनुसार २३ नोभेम्बर, २०२० मा सम्पन्न पहिलो सार्क योजना सचिवस्तरीय बैठकको प्रतिवेदन पारित गरिएको थियो । यसका साथै सार्क सदस्य राष्ट्रका प्रतिनिधिमण्डलका मन्त्री तथा टोली नेताले आ आफ्नो राष्ट्रमा दिगो विकास लक्ष्यमा भएका प्रगति र सो सम्बन्धमा भएका क्षेत्रीय सहयोग तथा समन्वयका विषयमा मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०७७ मंसिर १० बुधवार २०:५१ मा प्रकाशित

You can share this post!

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...