back
NMB ad

गोल्छा र प्रधान समुहको निष्कर्ष : ७५ प्रतिशत मत सहित सिङ्गो प्यानलनै निर्वाचित हुने

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी निर्वाचनको अन्तिम दिनशनिवार नयाँ नेतृत्वका लागी मतदान हुदै छ । महासंघको ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि शनिवार मतदान हुन लागेको हो ।

जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने बिराटनगरका ब्यवसायी किशोर कुमार प्रधान र एसोसियटस्बाट प्रतिनिधित्वगर्ने चन्द्र ढकालबीच बरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा हुदै छ । सुरुवातबाटै निकै प्रतिस्पर्धा हुने देखिएको बरिष्ठ उपाध्यक्ष पदमा मतदान हुनु भन्दा १२ घण्टा अगाडी नै ५० प्रतिशत मतभार रहेको जिल्लानगरबाट आफुले पाउने मतको आंकलन दुवै पक्षले गरिसकेका छन् । नयाँ बानेश्वरको एभरेष्ट होटेलमा १३ गतेबाट अध्यक्ष बन्ने भावी अध्यक्ष सेखर गोल्छा र बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान सहितका पुर्व अध्यक्षहरु र जिल्लानगरका अध्यक्षहरुको बैठकले प्रदेश १ बाट ८० प्रतिशतमत, प्रदेश २ बाट सतप्रतिशत, बागमती प्रदेशबाट ७० प्रतिशत, गण्डकी प्रदेशबाट ५० प्रतिशत, लुम्विनी प्रदेशबाट ७० प्रतिशत, कणार्ली र सुदुर प्रदेशबाट ९० प्रतिशत जिल्लानगरको मत आफुले प्राप्त गर्ने ७ वटै प्रदेशका जल्लानगरका अध्यक्षसहितको बैठकले निष्कर्ष निकालेको छ । बस्तुगत र एसोसियटबाट ६५ प्रतिशत आफुले मतपाउदाँ समग्रमा ७५ प्रतिशतको हारहारीमा मत पाउदाँ सिङ्गो टिम नै निर्वाचीत हुनेमा ढुक्क देखिन्छन् ।

पछिल्लो समय चन्द्र ढकाल समुहले निकै भरोसा गरेको गण्डकी प्रदेश, लुम्विनीप्रदेश, कणार्ली र सुदुर पश्चिम प्रदेशका जिल्ला अध्यक्षहरु सेखर गोल्छा र किशोर प्रधानको समुहमा खुलेरै लागेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षमा दुवै उम्मेद्वार उक्तिकै बलियो रहेपनि अनुभव, अभ्यास र महासंघमा योगदानका आधारमा किशोर कुमार प्रधानलाई नेतृत्व दिनुपर्नेमा अधिकांस जिल्लानगर अध्यक्षहरु एकमत छन् । महासंघमा आवद्ध सदस्यहरुको हित र सरकारसंग आफ्नो कुरा प्रष्ट राख्न सक्ने प्रधानलाई नेतृत्वमा ल्याउँदा व्यवसायीहरुको हितमा काम गर्न सजिलो हुने उनीहरुको भनाई छ ।

बर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष सेखर गोल्छा, निर्वतनमान अध्यक्ष पशुपति मुरारका लगायतका अधिकांस पुर्व अध्यक्षहरु पनि यसपाली किशोर प्रधानलाई मत दिनुपर्ने बताएका छन् पछिल्लो समिकरण हेर्दा किशोर प्रधान र उनको समुहनिकै बोली देखिएको छ भने चन्द्र ढकाल समुह रक्षात्मकअवस्थामा छ । बन्दसत्रमा बिहिवार चन्द्र ढकालले आफनो समुहले हार्ने लक्षण देखेपछि सेखर गोल्छाको नेतृत्व क्षमता र १० बर्षे योजना माथी कडा टिप्पढी गरेका छन् । किशोर प्रधानले पुर्व अध्यक्षको सम्मान, अध्यक्ष सेखर गोल्छाको भिजन कार्यान्वयन गर्न सारथी बन्ने र गोल्छा पछि आफु अध्यक्षमा आएपछि गोल्छाले सुरु गरेका कार्यक्रमसगैं अन्य भिजन पनि प्रस्तुत गर्ने बन्दसत्रमा बताए । जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ष्ठ, बस्तुगतमा अञ्जन श्रेष्ठ, एसोसियटमा सौरभ ज्योतिसहित जिल्ला नगर, बस्तुगत र एसोसियटबाट उम्मेदवार भएका सबै उम्मेदवारले फराकिलो मत अन्तरले बिजयी हुनेमा गोल्छा समुह ढुक्क रहेको छ । मतदान शनिवार विहान ८ बजेबाट सुरु हुने छ । निर्वाचन समितिले पनि तयारी पुरा भएको जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार २१:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...