back
NMB ad

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

Kumari bank ad

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताउनुभएको छ । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशन : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई आज (बुधबार) ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताउनुभयो । तर, पछिल्लो समय सरकारले दिएको जिम्मेवारी (देशब्यापी पाठ्यपुस्तक वितरण)बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएपछि आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिती गम्भीर अवस्थामा रहेको मन्त्री अर्यालको भनाई थियो । ‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भन्नुभयो, ‘भाषा, कला र संस्कृतीको साम्राज्य अझैपनि ज्यूँदैछ । हारेको छैन ।’

संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै उहाँले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझैपनि आकर्षक संस्था बनाउन सकिने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘संस्थाको प्राण मै आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प हो । यसमा देखिएको लापरबाही र अव्यवस्थापनबाट ध्वस्त संरचनालाई गति प्रदान गरी तालुकदार निकायको निरन्तर निर्देशन, नियन्त्रण, साथ, सहयोग र सहकार्यबाट साझा प्रकाशनलाई आकर्षक संस्था बनाउन सकिन्छ ।’

मन्त्री अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ती अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न समेत आग्रह गर्नुभयो । सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिकिो प्रयोगद्वारा छापाखाना÷प्रेस सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:०३ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...