back
NMB ad

लक्ष्य अनुसार काम भए/नभएको मुल्याङ्कन गर्न प्रमुख खुलालको सुझाव

Kumari bank ad

बिश्व अधिारी, मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लक्ष्य अनुसारको काम भए/नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताउनुभएको छ ।

आईतबार जिल्लाको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका प्रगतिको अनुगमन तथा समिक्षाका क्रममा उहाँले स्थानीय तहहरुमा थुप्रै कामहरु भएको भए पनि आफुले निर्धारण गरेको लक्ष्य अनुसार काम भए/नभएको मुल्याङ्कन गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले पैसा छरेर मात्र विकास नदेखिने भन्दै योजनावद्ध विकासमा ध्यान दिनूपर्ने भन्दै लक्ष्य निर्धारण गरेर काम गर्न र त्यसको व्यवस्थित अभिलेखिकरण गर्न आग्रह गर्नुभयो ।

प्रमुख खुलालले विभिन्न कारणले स्थानीय तहहरुले पूर्ण रुपमा ढुक्क भएर काम गर्न नसकेको भन्दै आइ परेका समस्याहरु विस्तारै समाधान हुँदै जाने समेत बताउनुभयो ।

संघीयता कार्यान्वयनको चरणमा केहि समस्याका बाबजुद पनि स्थानीय तहहरुले थुप्रै काम गरिरहेको हुँदा कहि कतै नचुक्ने गरि कामलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नुभयो ।

प्रमुख खुलालले स्थानीय तहहरुले व्यवहारिक निति र दरो कार्यान्वयनका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । कागजमा मात्रै दरो निति बनाउनु भन्दा कार्यान्वयनमा दरो भएर लाग्नु पर्ने उहाँको भनाई थियो ।

जनप्रतिनिधि र कर्मचारीको संयुक्त पहलमा मात्र समृद्धि हासिल गर्न सकिने भन्दै उहाँले हरेक काम विधिमा टेकेर समन्वयका साथ गर्न आग्रह गर्नुभयो ।

उहाँले मनहरी गाउँपालका मकवानपुरका अन्य स्थानीय तहहरु भन्दा छुट्टै विषेश्ता भएको गाउँपालिका रहेको भन्दै सोहि अनुसारकै योजना बनाउन समेत आग्रह गर्नुभयो ।

कानुन सम्वत र पारदर्शि रुपमा काम गरेमा मात्र शुसासन कायम गर्न सिकन्छ भन्ने कुरालाई ख्याल गर्नु पर्ने उहााको भनाई थियो । उहाँले मनहरी गाउँपालिकालाई असारे विकासको परिपाटी अन्तय गर्ने गरि लक्ष्य निर्धारण गरेर काम गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले समग्र रुपमा लक्ष्य निर्धारण गरेरै काम भएको बताउनुभयो । उहाँले गाउँपालिकामा कृषि र पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकाले उक्त क्षेत्रलाई विशेष महत्व दिएर काम गरेको बताउनुभयो ।

चालु आवमा गाउँपालिकाले करीब ७८ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट निर्धारण गरेको मध्ये पहिलो चौमासिक सम्म करीब ११ प्रतिशत रकम खर्च भईसकेको समेत बताउनुभयो ।

कुल १८० योजना मध्ये कार्तिक मसान्त सम्ममा स्टिमेट तयार, उपभोक्ता समिति गठनलगायतका पहिलो चौमासिकमा गर्नुपर्ने काम सकेको साथै २४ वटा योजना सम्झौता भइसकेको र १० वटा योजनाको भुक्तानी समेत भईसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु, तथा कर्मचारीहरुको उपस्थिती थियो ।

जिल्ला समन्वय समितिले असारे विकासलाई अन्त्य गर्नुपर्छ भन्ने उद्ेश्यका साथ समयमै योजना सम्झौता, उपभोक्ता समिति गठन, लागत अनुमान तयारलगायतका काम भए/नभएको विषयमा अनुगमन तथा अन्तरकृया गर्ने क्रममा आईतबार मनहरी गाउँपालिकामा अनुगमन गरेको हो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १४:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...