back
NMB ad

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बन्द

Kumari bank ad

गलकोट । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि काम हुने भएको छ ।

मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रियामा मध्यपहाडी लोकमार्गको उपल्लाचौर(अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर चट्टान काट्ने निर्णय भएको छ।

बागलुङ(घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय तालिकाअनुसार दैनिक ६ घण्टा सवारी आवतजावत बन्द गरिने भएको हो।

शाहीले काममा ढिलाइप्रति आत्मालोचना गर्दै अबको ६ महिनाभित्रै कालोपत्रे गर्ने योजनाअनुसार सडक बन्द गर्न थालिएको छ। सदरमुकाम नजिकै रहेको उपल्लाचौर(अक्षेते(खण्डको खहरेको भीर कटानका लागि २० दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ।

यही मङ्सिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिकासमेत निकालिसकेको छ। सवारीसाधन बन्द गरिएको समयमा साना सवारीसाधन बागलुङ बजारदेखि गहते हुँदै खहरेदेखि पाला हुँदै अछेते जाने गरी वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मरासिनीले जानकारी दिए।

सडक निर्माण र वैकल्पिक सडकका लागि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकासँग समन्वय गरिएको आयोजनाको भनाइ छ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १९:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...