back
NMB ad

प्रभु बैंकको चार अर्ब बराबरको ऋणपत्रको बिक्री प्रबन्ध मेगा क्यापिटलले गर्ने

Kumari bank ad

काठमाडौं । प्रभु बैंकले ल्याउनलागेको ऋणपत्रको बिक्री प्रबन्ध मेगा क्यापिटल मार्केट्स प्रालिले गर्ने भएको छ।  बैकले १ हजार रुपैयाँ अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्न लागेको हो।

यसको निष्काशन तथा बिक्रीको प्रबन्ध मिलाउन बैंक र मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सम्झौता भएको बैंकले जनाएको छ। उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो।

२ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र १ अर्व ६० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो। मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुनलागेको ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि.लाई नै नियुक्त गर्नेसम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १६:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...