काठमाडौं । आज नेपाल बजारमा आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो ।यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो । आइतवार चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ पुस ५ आइतवार १२:०५ मा प्रकाशित