back
NMB ad

घट्यो डिजिटल कारोबार

Kumari bank ad

काठमाडौं । बन्दाबन्दी तथा निषेधाज्ञा र त्यसपछिको समयमा डिजिटल कारोबार क्रमशः बढ्दै गएकोमा कात्तिक महीनामा भने यसको संख्या घटेको छ ।

गत चैत ११ गतेदेखि असारसम्म कोभिडको उच्च सतर्कता अपनाएका बेला र यसपछि बजार पूर्णरूपमा खुला नभएका कारण अधिकांश ग्राहकले नगदभन्दा डिजिटल भुक्तानीलाई प्राथमिकता दिए ।

बन्दाबन्दी हटाउँदै जाँदा अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि असोजसम्म बढेको डिजिटल कारोबार कात्तिकमा भने केही कमी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असोजको तुलनामा कात्तिकमा डिजिटल उपकरणहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट), आईपीएस, कनेक्ट आईपीएस वालेट, ई–कमर्शका कारोबार घटेको छ ।

मोबाइल बैंकिङमार्फत हुने कारोबार एकै महीनाको अन्तरमा २ लाख ६ हजारको संख्यामा  ३ अर्ब १५ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तो कारोबार गत असोजमा ७८ लाख ५० हजारको संख्यामा भएकामा कात्तिकमा घटेर ७६ लाख ४३ हजारको संख्यामा मात्रै भएको थियो ।

त्यसैगरी, इन्टरनेट बैंकिङमा ५४ हजारको संख्यामा रू। ८७ करोड रुपैयाँ बराबरको कारोबार संकुचन भएको छ । गत असोजमा यसबाट २ लाख ७५ हजारको संख्यामा ६ अर्ब बराबरको कारोबार भएकोमा कात्तिकमा २ लाख २१ हजारको संख्यामा  ५ अर्ब ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

२ लाखभन्दा बढी रकम तत्कालै भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीमार्फत असोजको दाँजोमा कात्तिकमा ६ हजार ६ सयको संख्यामा घटेर २ खर्ब ९८ अर्ब रुपैयाँले कम भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आईपीएसमार्फत हुने भुक्तानी पनि सो अवधिमा ४ लाख २२ हजारको संख्यामा घट्दा ६३ अर्ब रुपैयाँ बराबरको कम कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसमा पनि २ लाख ३१ हजारको संख्यामा कारोबार घट्दा  १५ अर्ब ३८ अर्ब रुपैयाँ बराबरको रकम संकुचन भएको छ ।

वालेटमामार्फत हुने भुक्तानी ४ लाख २६ हजारको संख्यामा घट्दा  १ अर्ब २९ करोड बराबरको कम रकम कारोबार भएको छ । उक्त अवधिमा क्यूआरमा आधारित भुक्तानी २३ हजारको संख्यामा  ३ करोड बराबरले कमी देखिएको छ ।

नेपाल राष्ट्र बैंक भने पहिलाको तुलनामा विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको दाबी गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ८ बुधवार ०८:३३ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...