back
NMB ad

काठ संकलन र घाटगद्दीमा रोक : काठ आयातलाई प्रोत्साहन

Kumari bank ad

विराटनगर । वन विनाश नहोस् भनेर सरकारले गत जेठ महीनादेखि जंगलबाट कुनै पनि किसिमको काठ संकलन तथा विक्री गर्न रोक लगाएपछि त्यसको असर काठको बजारमा देखिएको छ ।

नेपाली बजारमा काठको मूल्य प्रतिक्यूविक फिट ७०० ले बढेको छ भने मलेशिया, थाइल्यान्ड र भारतबाट यो अवधिमा विराटनगर नाकाबाट मात्रै ४० करोडको काठ भित्रिएको छ ।

संघीय सरकारले लगाएको प्रतिबन्ध फुकुवा नहुँदा नेपाली बजारमा काठको अभाव हुन थालेपछि मूल्यसमेत बढेको हो । रेग्मी समिलका सञ्चालक कुसुम रेग्मी सरकारले वनबाट काठको संकलन, उत्पादन र विक्री वितरणमा रोक लगाएपछि विदेशी काठमा निर्भर हुनुपरेको बताए । उनका अनुसार पछिल्लो समय काठको मूल्य सखुवाको प्रतिक्यूविक फिटमा ७ सयले बढेको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार ७ महीनामा भारत, मलेशिया र थाइल्यान्डबाट ४० करोड बराबरको काठ भित्रिएको छ । विराटनगर भन्सार नाका भएर ८ लाख ५५ हजार ९०७ स्क्वायर फुट काठ आयात भएको छ । तेस्रो मुलुकबाट खासगरी मलेशियाबाट सालको काठ बढी आयात भइरहेको छ ।

वैशाख महीनादेखि असारसम्म नेपालमा पूर्ण बन्दाबन्दीको अवस्था रहेको भए पनि त्यस अवधिमा करीब १५ करोड रुपैयाँ बराबरको काठ आयात भएको छ ।

केन्द्रीय अनुगमन टोलीले अनुगमन गरी जंगलबाट सखुवाको काठ निकाल्न नदिएपछि आपूmहरू मलेशियाको काठमा निर्भर हुनु परेको गुनासो सुनसरीको इनरुवामा रहेको राधाकृष्ण काठमिलका सञ्चालक प्रदीप कोइरालाले गुनासो गरे । उनका अनुसार सरकारले कुकाठ मात्र निकाल्न दिने र सखुवाको काठ जंगलमै सडाउने नीति लिएपछि समस्या निम्तिएको उनले बताए ।

विराटनगरको बजारमा प्रतिक्युविक फिट ४ हजार ८ सयका दरले पाइने सखुवा काठको मूल्य अहिले ५ हजार ५ सय क्यूविक फिट पुगेको छ । भारतका काठ बजारमा सालको काठको मूल्य प्रतिक्युविक २ हजारदेखि २ हजार ८ सय र बंगलादेशमा २ हजार ५ सय रहेको उनले बताए ।

जिल्ला वन कार्यालय मोरङका प्रमुख अनिरुद्धकुमार शाहका अनुसार नेपालमा घर निर्माणलगायतमा सखुवाको काठ नै रोज्ने चलन र अन्य मुलुकबाट आयात गरिएको काठभन्दा यहाँको सखुवाको गुणस्तर राम्रो भएकाले सखुवाको खपत अन्य कुकाठको तुलनामा बढी रहेको बताए ।

जिल्ला वन कार्यालय मोरङका अनुसार गत जेठ १५ गतेसम्म मोरङको जंगलमा वार्षिक कार्ययोजनाअन्तर्गत कटान भएका ६० हजार क्युविक फुट सालका काठ संकलन गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार जंगलबाट सालका काठ संकलन र घाटगद्दी गर्न रोक लगाएका कारण काठको आन्तरिक उत्पादन ठप्प भएको हो । यसले बजारमा काठको माग र जंगलमा चोरी तस्करीको चाप एकैचोटि बढेको र लामो समयसम्म एकनास रहेको मूल्य बढ्न थालेको व्यवसायीले बताएका छन् ।

वन अधिकारीका अनुसार केन्द्रबाट आएको अनुगमन टोलीले अनुगमन गर्दा जंगलका ढलापडा रूखहरू छाट्ने काम भइरहेको थियो । अनुगमन समितिले त्यसलाई अन्यथा ठानेर जेठ १५ गते मन्त्रिपरिषद्बाटै काठ संकलन र विक्री वितरणमा रोक लगाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १२ आइतवार ०८:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...