back
NMB ad

शेष घलेको छोरा भन्दै ठगेपछि …

Kumari bank ad

पोखरा । अमेरिका पठाइदिन्छु भन्दै केटी साथीलाई ठगी गर्ने तनहुँ मनपाङ गाविस–२ शेराटार घर भई हाल चितवनको पार्वतीपुर बस्ने २७ वर्षीय राज भन्ने चित्रकुमार श्रेष्ठलाई प्रहरीले आज पोखराबाट पक्राउ गरेको छ।

उनले आकास घलेको फेसबुक तथा भाइवरबाट केटी साथी बनाइ आफू शेष घलेको छोरा भएको र हाल अमेरिकामा बस्दै आएको बताउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तपाईहरु अमेरिकामा आउने हो भने नेपालमा मेरो साथी छ उसलाई भेट्नुस् भनेर सम्पर्क नम्बर लिने र आफैँ आकास घलेको साथी बनी भेट्ने र केटीलाई अमेरिका पठाइदिने आश्वासन दिँदै ठगी गर्ने गरेकाले निजलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदामबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रारम्भिक सोधपुछका क्रममा निज विगत १० वर्षदेखि मलेसियामा अवैध कामदारका रुपमा काम गरी गत वैशाख २५ गते नेपाल फर्किएको र निजले विभिन्न बहाना बनाइ ठगी गर्ने गरेकोसमेत स्वीकारेको बताइएको छ।

यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए वडा प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ।

१० जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ १० सोमवार १२:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...