काठमाडौं । आज सुनको भाउ वृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैँयाले वृद्धि भएको हो ।
बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार १ सय रहेको थियो । आज छापावाला सुन ४ सयले बढेर ९४ हजार ५ सय कायम भएको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रहेको छ । बिहीवार पनि चाँदीको मूल्य १ हजार ३ सय नै कायम भइ कारोबार भएको थियो ।
वि.सं.२०७७ पुस १७ शुक्रवार १०:५६ मा प्रकाशित