back
NMB ad

खल्ती डिजिटल वालेटबाट २० को रिचार्जमा आइफोन १२ जित्ने अवसर

Kumari bank ad

काठमाडौं । खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्य क्तिहरूका लागि “Khalti मा iPhone 12”अभियान मार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ ।

यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्। खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो ।

उक्त योजनामा सहभागी हुनेहरूमध्य बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

यस योजनामा सहभागीहुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइलएपको होमस्क्रिन मा रहेको खल्ती ‘बजार’ मा गइ “‘Khalti मा आइफोन १२” क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो ।

’खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ’खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

वि.सं.२०७७ पुस २२ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...