back
NMB ad

नगदेबालीको उधारो कारोवार, उखुखेती छाड्दै किसान

Kumari bank ad

महोत्तरी । महोत्तरीजिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गरेका थिए । तर यसपाली एक बिघामा मात्र उखुखेती गरेका छन् ।

महतोले उत्पादन गरेका उखुको भुक्तानी हालसम्म नपाउदा उनले उखुखेती मासेर अन्नबाली खेती गर्ने सोचमा छन् । विगत लामो समयदेखि उखुखेती गर्दै आएका महतो मात्र होइन, त्यहाँका अर्का किसान धनेसी महतोको पनि यस्तै पीडा छ ।

“ऋण काढेर उखुखेती गरिन्छ”, उनले भने, “उखु मिलले समयमा रकम भुक्तानी नदिँदा ऋणमा डुब्ने डरले यसपालीदेखि उखुखेती गर्न छोडिएको छ ।” धनेसीले आफ्नो पीडा पोख्दै भने, “उधारोमा आफ्नो उत्पादन बेच्दा चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको अवस्थाको कारण हामी उखुखेती छाडी अन्नबालीखेती गर्ने सोंचमा रहेका छौं ।”

नगदेबालीको उधारो कारोवारले आजित भएका यहाँका उखुखेती गर्ने किसानहरु भुक्तानीका लागि निकै सास्ती खानु परेकाले जिल्लाको उत्तरी भेग बर्दिबासदेखि सुदूरदक्षिणको जलेश्वरसम्म विगत १५ वर्षदेखि उखुखेती गर्दै आएका किसान विस्तारै उखुखेती मासेर अन्नबालीखेती तर्फ आकर्षित हुन थालेका छन् ।

महोत्तरी भङ्गाहाकै अर्का किसान सूर्यदेव मुखियाले पनि वर्षौदेखि गर्दै आएको उखुखेती मासेर यसपाली डेढ बिघा क्षेत्रफलमा गँहुखेती गरेका छन् । जिल्लामा विगत लामो समयदेखि उखुखेती गर्दै आएका किसान क्रमशः अब यो पेशा त्यागेर नगदेबालीको साहारा लिन थालेका छन् ।

करिब २० हजार बिघामा व्यावसायिक रुपमा उखुखेती हुने महोत्तरी जिल्लामा अहिले यो क्रम घटदै गएको छ । अहिले जिल्लामा छ हजार ५०० बिघामा उखुखेती भइरहेको छ । “यसपालि छ हजार ५०० बिघामा उखु बाली छ”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “यसमध्ये दुई हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको बाली) उखु छ, यो यसपालि खाली भएपछि अर्का वर्ष तीन हजार बिघामा झर्छ ।”

एकपटक रोपेर दुई बाली लिइने उखुमा पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । यसपालि नयाँ उखु बाली लगाउने किसान नदेखिएपछि अझै उखु घट्ने स्पष्ट देखिएको हो । उखु खेतीको तयारीमा प्राविधिक सहयोग र सुलभ ऋण नपाउनु, उखु खेतीको मूल्य निर्धारणमा बर्सेनि झमेला हुनु र भुक्तानी समयमा नपाएपछि यो खेती घट्दै गएको बताइएको छ ।

उखुखेती नगदेबाली र सरकारले यसलाई राष्ट्रियबाली भनेर घोषणा गरिसकेको छ । तर नगदेबाली भनिएको उखुको उधारो कारोवारले किसानलाई अहिले त्यही उखुखेती निल्नु न ओकल्नु जस्तो भएको छ ।

चिनी उद्योगले किसानको उखु किन्दा समयमै रकम भुक्तानी नदिएकाले किसान वर्षौदेखि प्रताडित हुँदै आएका छन् । उधारोमा उखु बेच्न बाध्य रहेका किसानले आफ्नो भुक्तानी लिन प्रत्येक वर्ष उखु मिलमा धाउनुपर्ने बाध्यता रहेको छ । जग्गा भाडामा लिएर तथा ऋण काढेर उखुखेती गरेका किसान जग्गाको भाडा, मल, बीउ, खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम हुने अवस्थामा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले उखु कटानको चलान पूर्जी दिन थालेको छ । तर मूल्य निर्धारण नहुँदै आफ्नो उत्पादन बुझाउनुपर्ने भए पनि भुक्तानी भने कहिले पाउने थाहा नभएकोले उखुको गुलियो उत्पादन अमिलो जस्तो भएको छ । महोत्तरी जिल्लामा मात्र नभएर प्रदेश नं २ को अधिकांश जिल्लाका किसानले विस्तारै उखुखेती छोड्दै गएका छन् ।

उखुको उधारो कारोवार र चिनी उद्योगीको भुक्तानी नदिने मनसायका कारण आजित भएका किसानले धमाधम उखुखेती मासिरहेका छन् । सिँचाइ सुविधा नभएका कतिपय ठाउँमा त खेत बाँझो नै राखिएको छ । प्रदेश नं २ को अधिकांश जिल्लमा उखुखेती घटेसँगै कतिपय चिनी मिल बन्द हुने अवस्थामा पुगेको छ । उद्योगले किसानसँग खरिद गरेको उखुको समयमै भुक्तानी नदिने जस्ता कारणले एकातिर उद्योग धरासायी हुने गरेको छ भने अर्कोतिर कैयौं मजदूरको रोजगारीसमेत गुमेका कारण तिनीहरुलाई आर्थिक समस्या समेत आएको देखिन्छ ।

सरकारले विदेशवाट आयात भएर आउने चिनी नरोक्दा आफ्नो उत्पादन बजारसम्म पुग्न नसकेकाले आर्थिक अभावको कारण समयमा किसानलाई भुक्तानी दिन नसकिएको मिलका सञ्चालकले स्वीकारेका छन् । उनीहरु भन्छन्, “उद्योग सञ्चालनमा लागेको पूँजीको ब्याज, उद्योगस्थलको भाडा, किसानको खेती लागत र उत्पादन समेतको वैज्ञानिक लेखाजोखा गरेर सरकारले उखुको मूल्य तोक्नु पर्दछ ।

वि.सं.२०७७ पुस २२ बुधवार १३:०५ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...