काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
कम्पनीले संस्थापक शेयरधनीलाई आफुसँग भएको रहेको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन यथाशिघ्र अनुरोध गरेको छ ।
कम्पनीले हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्ररहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने भएकाले अभौतिकीकरण गराउन अनुरोध गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७७ पुस २३ बिहीवार ११:५० मा प्रकाशित