back
NMB ad

महावै गाउँपालिकामा खरको छानामुक्त अभियान शुरु

Kumari bank ad

कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान शुरु गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न तथा खरको छानामा बस्ने परिवारलाई खरको छानामुक्त अभियान थालेको हो । गाउँपालिकाले रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको हो ।

हावाहुरी चले खरको छानो उडाउने, आगलागी हुने र टिकाउ नहुने भएकाले खरको छानामुक्त अभियान थालिएको गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए । “पहिलो चरणअन्तर्गत गाउँपालिकाले अनुदान दिएर वडा नं ७ र ८ यो अभियान शुरु गरेको छ”, उनले भने, “यो अभियान क्रमशः गाउँभरि लागू हुनेछ ।”

गाउँपालिकाभरि ३० प्रतिशत घर खरको छाना भएको र ती हटाउनका लागि गाउँ कार्यपालिकाको निर्णयानुसार खरको छानामुक्त अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले बताए । “यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तह सबैले सञ्चालन गरेका छन्”, उनले भने, “गाउँपालिकाले तीनै तहका सरकारको सहयोगमा यो अभियान सञ्चालन गरिएको छ ।”

खरको छाना भएका घर निकै जोखिममा रहेको र यसले मानवीय तथा धनजनको क्षति बढी गराउने भएकाले खरको छानामुक्त अभियानको आवश्यकता देखिएको उपाध्यक्ष शाहीले बताए । “खरका छाना भएका घर विपत्तिको जोखिममा छन्”, उनले भने, “धनजनको हुने क्षति बचाउनका लागि खरको छाना हटाएर जस्तापाताको छाना राख्नेछौँं ।”

वि.सं.२०७७ पुस २३ बिहीवार १६:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...