back
NMB ad

पाँचथरमा ‘साना सिँचाइ’ कार्यक्रम सञ्चालन हुने

Kumari bank ad

पाँचथर । जिल्लाको पाँच स्थानीय तहमा ‘साना सिँचाइ कार्यक्रम’ सञ्चालन हुने भएको छ ।

नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालन हुने भएको हो ।

आर्थिकरुपले विपन्न तथा साना किसानको कृषि उत्पादकत्वमा वृद्धि गरी गरिबी न्यूनीकरणमा सघाउ पु¥याउने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत पाँच हेक्टरदेखि ५० हेक्टर क्षेत्रफलसम्मको जमीन सिञ्चित गर्न साना सिँचाइ योजना निर्माण हुनेछन् ।

कार्यक्रमको ढाँचाअनुसार सिँचाइ योजनाका लागि स्विट्जरल्याण्ड सरकारको ३०, सङ्घीय सरकारको २०, प्रदेश सरकारको २०, स्थानीय तहको २० र उपभोक्ताको १० प्रतिशत लगानी रहने साना सिँचाइ कार्यक्रम इलाम–पाँचथर क्लष्टरका संयोजक केशव लामाले जानकारी दिए ।

कार्यक्रम सञ्चालनका लागि पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको पनि उनले बताए । बाँकी स्थानीय तहमा समेत चाँडै समझदारी गरी कार्यक्रम कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

साना सिँचाइ कार्यक्रमका लागि प्रदेश नं १ मा पाँच अर्ब ६८ करोड बजेट रहेको छ । इलाम र पाँचथर क्लष्टरमा २१ वटा साना सिँचाइ योजना निर्माणका लागि समझदारी गर्ने क्रममा रहेको क्लष्टर संयोजक लामाले जानकारी दिए । “लागत कम हुने हुँदा स्थानीय तहले जति धेरैमा लगानी गर्न सके, त्यति नै धेरै सिँचाइ योजना निर्माण गर्न सकिन्छ”, उनले भने, “खेतीयोग्य जमीनलाई सिञ्चित गरी खाद्य आत्मनिर्भरताका लागि यो ठूलो अवसर हो ।”

साना सिँचाइ कार्यक्रम र स्थानीय तहबीच चार वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्ने समझदारी भइरहेको हो । चार वर्षमा क्रमागतरुपमा सिँचाइका योजना निर्माण गरिनेछन् ।

हिजो बिहीवार यहाँको फिदिम नगरपालिकामा कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । फिदिम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी तथा कार्यक्रमका तर्फबाट क्लष्टर संयोजक लामाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

फिदिम नगरपालिकामा यसअघि नै दुई वटा साना सिँचाइ योजना कार्यान्वयन भइरहेको संयोजक लामाले जानकारी दिए । सो अवसरमा नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकाको थोरै लगानीमा कृषकले ठूलो लाभ प्राप्त गर्न सक्ने योजना बन्न लागेको बताए ।

सीमित स्रोतबाट स्थानीय तहले सबै क्षेत्रमा लगानी गर्नुपर्दा धेरै योजनाका लागि समझदारी गर्न नसकिएको नगर प्रमुख नेम्वाङको भनाइ छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...