back
NMB ad

पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय !

Kumari bank ad

काठमाडौं । पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने भएको हो ।

नेपाली एकीकरण गरेका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको १९९औँ जन्मजयन्तीमा गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिएको हो ।

गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अंगाईले अर्थतन्त्र डटकमलाई दिएको जानकारी अनुसार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएर पृथ्वीजयन्तीलाई उत्सवका रुपमा मनाउन लागिएको हो ।

उक्त अवसरमा नगरपालिकाले पृथ्वीजयन्ती मनाउनका लागि दिने कार्यक्रमसमेत तय गरेको अंगाईले जानकरी दिनुभयो । कार्यक्रम अनुसार २६ गते नगर क्षेत्रभित्र सरसफाई, २७ गते दौड र पृथ्वी जयन्ती विशेष कार्यक्रम र २८ गतेका दिन वतृत्वकला लगायतका कार्यक्रम संचालन गरिने बताइएको छ ।

पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णपदको शालिकअगाडि अन्तरक्रिया लगायतका कार्यक्रम गरिने नगरपालिकाले जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...