back
NMB ad

राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोड्न माग

Kumari bank ad

नुुवाकोट । राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा गोरखादेखि काठमाडौंसम्म ओहोरदोहोर गरेका बाटोमा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

ककनीकी रेनुुका लामा रुम्बा भन्छिन्, “नेपालको गौरवपूूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गकारुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।”

एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उनले भनिन्, “विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वी नारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो, उहाँ एकीकरणका नायक हुनुुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुुपर्छ, ऐतिहासिक चिज वस्तुुलाई जोगाउनुुपर्छ । शालीक तोडफोड गर्नुु गल्ती हो ।”

नुवाकोटको ककनी गाउँपालिका–५ आज (आइतवार) बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाईमा स्थानीयले साथ दिएका थिए । सो अवसरमा गणपति श्रेष्ठले भने, “हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयबाट कोरोनाको महामारीकाबीचमा पनि अत्यन्तै उत्साहजनक ढङ्गबाट उत्साह र हौसल्ला प्रदान भएको छ ।”

स्थानीय जीवनलाल तामाङले पृथ्वीनारायण शाहले जसरी ससना राज्यलाई एकीकरण गरेर गरी सवल र बलियो राष्ट्र बनाउनुभएको थियो, त्यसरी नै आज राजनीतिक दलहरुले एकताबद्ध भएर मुलुकलाई समृद्धितर्फ लैजानुुपर्छ ।

उक्त सैनिक पदयात्रा टोलीलाई काठमाडौंको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए ।

सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षोल्लाषका साथ टोलीलाई पञ्चै बाजा बजाएर स्वागत अभिवादन महिला गर्नुुका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।

उक्त बाजा टोलीका सदस्य गीता क्षेत्रीले भने, “शुुभ कार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायण शाहको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।”

उनको योगदानको प्रचारप्रसार गर्नुुको साटो शालीक तोडफोड गर्ने र पीता पुुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उनले भने, “सबै देशभक्तले राष्ट्र निर्मातामको योगदानलाई सम्मान गरौँ ।” स्थानीय रुद्रप्रसाद घिमिरे पृथ्वीनारायण शाहले नेपाललाई एक सूूत्रमा बाधेकाले उनी हामी सबैका पुजनीय छन् भने ।

अर्का स्थानीय उत्तम गजुरेलले राष्ट्रिय एकता दिवसमा उनको योगदानको स्मरण गर्नुका साथै त्यस बखत नेपाल विस्तारका सन्दर्भमा प्रयोग भएको बाटोलाई पर्यटन पदमार्गका रुपमा विकास गर्नेतर्फ राज्यले सोच बनाउनुुपर्छ बताए ।

उनले भने, “इतिहासलाई मेटाउने काम कसैले गर्नुुहुुन्न । आन्दोलनका क्रमममा कैयौँ युवापुुस्ताले नबुुझेर शालीक तोडफोड गरेका हुुनसक्छन्, त्यो गल्ती हो । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मंगलवार शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमान ढोका दरबार आइपुग्दैछ ।”

सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटाका विभिन्न स्थानमा स्थानीयसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै उपत्यका प्रवेश गरेको हो ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायत स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचान भएको र उनले त्यसबेला राज्य सञ्चालनका क्रममा भनेको विषयवस्तु अहिले पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।

विसं ११७९ पुुस २७ गते गोरखामा जन्मीएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उनको तस्वीर अङ्कित मुुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।

वि.सं.२०७७ पुस २६ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...