back
NMB ad

सिल भयो सिटिजन बैैंक !

Kumari bank ad

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो ।

शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो ।

पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उहाँलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिनुभयो ।

सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताउनुभयो । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिनुभयो ।रासस

वि.सं.२०७७ पुस २७ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...