काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ७२ अंकले बढेर २ हजार २४८ दशमलव ४४ विन्दुमा पुगेको छ ।
यस अवधिमा परिसूचक शून्य दशमलव ५७ प्रतिशतले बढेको हो । दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको रू. २ अर्ब ७१ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
वि.सं.२०७७ पुस २७ सोमवार १३:०९ मा प्रकाशित