back
NMB ad

छैटौँ राष्ट्रिय योग दिवसमा पाँच लाख राशिको अक्षयकोष स्थापना

Kumari bank ad

काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । दिवसको अवसरमा नेपालको योग विस्तार तथा प्रवर्द्धनका लागि सो अक्षयकोष स्थापना भएको हो ।

अनलाइन विश्व भेलामार्फत् सहभागितामा घोषणा गरिएको हो । यसको हकदार सम्पूर्ण नेपालप्रेमी योगीजन रहने अक्षयकोषका संरक्षक योगी आचार्य राजनले जानकारी दिए । डा. विकासानन्द योगी, डा .चिन्तामणि योगी, डा. क्षितिज बाराकोटी, ललितशङ्कर योगी लगायत व्यक्तित्व कोषको सल्लाहकारमा रहेका छन् ।

सोही अवसरमा समाजले योग क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई विश्व योग राजदूतको रुपमा सम्मान गरेको छ । विश्व शान्ति योग राजदूत घोषणा हुनेमा रामजी अधिकारी (मानव सेवा आश्रम), भागवत मञ्जरी राधिका दासी (माया घर), पार्वती पहाडी (अष्ट्रेलिया), बटुक विष्ट (अमेरिका), राजन लोहनी (कतार), होम गौतम (नेपाल) लगायत छन् ।

दिवसकै अवसरमा योग शिक्षक प्रशिक्षणमा सहभागी कान्छा योगी १२ वर्षका प्रिन्स न्यौपाने, ९५ वर्षकी योग साधिका नरमाया निरौला र सपरिवार अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षामा उत्तीर्ण योगी तारानिधि पन्त परिवारलाई यस वर्षको दश(दश हजार राशिको पुरस्कारले सम्मान गरिएको छ ।

कोष विस्तारित हुँदै जाने समाजका नेपाल संयोजक दीर्घराज गिरीले बताए । विश्वस्तरको योग शिक्षक प्रशिक्षण निःशुल्क गर्दै आइरहेकोे अभियानले नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउने अभियान थालेको छ ।

हालसम्म एक हजार ६०० जनालाई यो अभियानले मान्यता प्राप्त योग शिक्षक र जनशक्ति तयार पारिसकेको छ । विभिन्न देशमा मानवता, सकारात्मक सोच, योग, ध्यान पूर्वीय दर्शनमा रहेको विज्ञान प्रवर्द्धन गर्दै लाखौँलाई सञ्जालमा गासेको समाजले जनाएको छ ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । समाज अष्ट्रेलियामा दर्ता रहेको छ ।

नेपाली योगी तथा सकारात्मक सोचका अभियानकर्मीबाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार ११ वर्षअघि दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तक जोडिएका छन् ।

वि.सं.२०७७ माघ ७ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...